मुख्य पृष्ठ » कविता » मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ !

मेचीमा दुख्छ मलाई, महाकालीमा दुख्छ !

bool(false)

मेचीमा दुख्छ छोरी, मलाई महाकालीमा दुख्छ
एस्सो कोल्टे फेरे झैँ  गर्छु
फेरि सगरमाथा र कर्णालीमा दुख्छ ।
मेरा लाला-बालालाई बोक्दै उकाली ओराली गर्दा
कहिले पहाडमा दुख्छ छोरी
कहिले तराइमा दुख्छ ।
दु:खको बर्षा मै माथि नै भएझै लाग्छ
सम्हालिदै अगाडि बढ्न खोज्छु
चसक् चसक् हिमालमा दुख्छ ।

सम्पन्नताका च्यादरले तिमीहरुलाई ढाक्न नसके पनि
सुन्दर र शान्त कर्म थलो दिएकै थिएँ ।
एकताको मुहान फोड्ने, शान्तिका सन्देशहरु छर्ने
महान हस्तिहरु जन्माएकै थिएँ ।
पौरख गर्ने हातहरु त तिमीहरुका हुन्,
सुनौला फूल फुलाउने माटो मैले दिएकै थिएँ ।
फेरि किन मेरो जनकपुरमा ठोक्छौ, मेरो बाजुरामा ठोक्छौ ?
पल्टाई पल्टाई मेरो मनाङ र मुस्ताङमा घोच्छौ ।
पहिले म सुन्दर अनि शान्त थिएँ, तिमीहरुको प्यारो थिएँ
छोरी, आज मलाई आफ्नै सन्तानका रगतले पोतेका छन् ।
मेरै मुटुमा आन्दोलनका चर्का नाराले घोचेका छन्
कहिले मेरो बागमतीलाई तर्साउदै, नारायणी  हसाउँछन्   
कहिले मेरो राते भीरलाई उठाउदै सगरमाथा झुकाउँछन्  ।
मेरा अंग अंग दुखाउछन् छोरी
मलाई पल-पलमा रुवाउछन् ।

दुई ढुङ्गा बिचको सानो तरुल भएपनी
खुशी थिएँ म,
तर मलाई कहिले उत्तरबाट चुड्छन्,
कहिले दक्षिणबाट चुस्छन् ।
आफनै आमको अस्मिता लुटिदा, टुलु टुलु हेर्ने मेरा सन्तान देख्दा
दुख्छ छोरी मलाई,
कहिले मेचीमा दुख्छ, कहिले महाकालीमा दुख्छ ।

सन्देश पाएकी थिएँ, मलाई मै भित्रबाट चुड्दैछन अरे
मेरा आफ्नै छोरा नातिहरु फुटेर अंसको माग गर्दैछन अरे ।
बिबश छु म, छोरी लाचार छु
चिराचिरा भएर बाँच्नुको पिडाले सताउदा
मलाई कहिले माडीमा दुख्छ छोरी कहिले बेनिमा दुख्छ

छोरी, देश प्रेमीहरु कोही होशमै छन् भने
मेरो मुटु पोल्ने काहानी सुनाइदेउ
भनिदेउ म सिकिस्त बिरामी छु
कहिले मेचीमा दुख्छ मलाई, कहिले महाकालीमा दुख्छ ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस