सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरामा, कास्की बाब गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन् । पागलबस्ती नामक उपन्यासका लागि २०४८ सालमा सरुभक्तलाई मदन पुरस्कार दिइएको थियो । सरुभक्त नाटक, उपन्यास र कविता बिधाका लागि निकै लोकप्रिय छन ।