रत्न शम्शेर थापा, नेपाली अजम्बरी संगीतमा निकै प्रख्यात गीतकार हुन् । उनका धेरै गीतहरू स्वर सम्राट नारायण गोपालले पनि गाएका छन् । गीतकार अझैसम्म पनि निरन्तर नेपाली संगीतको लागि गीतहरू रचिरहेका छन् । पुराना देखी नयाँ पुस्ताका गायकहरू सम्म पनि लोकप्रिय हुनसक्नु उनको क्षमता हो ।