गीत

पित्तल देखे सुनको झल्को
तारा देखे जूनको झल्को
फक्रीएको फूल देखे
आउछ सधैं उनको झल्को .........|

भमरा झैं डुल्न जाने; उनले जस्तै भुल्न जाने
पुरिदो हो दिलको घाउ; यो मन फेरी फुल्न जाने
पित्तल देखे सुनको झल्को
तारा देखे जूनको झल्को
फक्रीएको फूल देखे
आउछ सधैं उनको झल्को .........|

चरीले झैं गूड सार्न, गाह्रो भयो माया मार्न
भेलको डुंगा झैं भो जीवन, के सकुला अब तार्न ?
पित्तल देखे सुनको झल्को
तारा देखे जूनको झल्को
फक्रीएको फूल देखे
आउछ सधैं उनको झल्को .........|

पाठकको प्रतिक्रिया
अन्य गीतहरू