गीत

सपनीमा देखें आज गाउँमै भएको 
कान्छी संगै घाँस दाउरा मेला गएको 

आगनभरि मखमली वेली फूलेको 
लहलह धानको बेला खेतमा झुलेको 
साँदेको गुन्द्रुक मकै भटमास मोही खाएको
कान्छी संगै घाँस दाउरा मेला गएको 

उस्तै थियो घाम जून उस्तै गाउँ घर 
सोध्दै थियो चौतारीको पीपलु र वर 
धेरै पछि देखें आज गाउँमै भएको 
कान्छी संगै घाँस दाउरा मेला गएको 

सपनीमा देखें आज गाउँमै भएको 
कान्छी संगै घाँस दाउरा मेला गएको

पाठकको प्रतिक्रिया
अन्य गीतहरू