हजुरहरु

लेखक
अल्पविराम
नाम : अल्पविराम
  अल्पविरामका रचनाहरू

सम्बोधनमा 
उसले मलाई हजुर भन्यो 
हजुर शब्द 
इन्जेक्सन जस्तै 
नशा नशामा फैलिएर 
दार्हा नंग्रा पलाएको अनुभूति गरेँ 
आफुले आफैलाई बाघ देखें 
आफुले आफैलाई सामन्ती सम्झें 
कता हो कता 
मेरो अन्तरमनको सुक्ष्म मान्छे 
डरले थर्थरी काँपेको देखें 

भो मलाई हजुर नभन्नोस् तपाईंहरु 
भो मलाई हजुर नभन तिमीहरु 
तैले पनि हजुर भन्ने नगर्नु मलाई 
कारण 
बाघभन्दा पनि डरलाग्दा हुँदारहेछन् 
"हजुरहरु" !

पाठकको प्रतिक्रिया
अन्य कविताहरू