गजल

यती गरुङ्गो जिन्दगी शरिरमा राखेर
 र बाँच्नु छ शरिरलाई भीरमा राखेर

ए समय मलाई मुस्कुरा नभनि दे
उ गएको छ  मलाई पीरमा राखेर

आइज दुस्ख हद नजिक आइज
बाच्नेछु तँलाई तक्दिरमा राखेर

उ बर्षौ देखी यसरि नै बगिरहेको छ
कैयौँ सपनाहरु  तीरमा  राखेर

मुस्कुराउनु थियो म पनि जिन्दगीमा
तिम्रो   सिन्दुर  शीरमा  राखेर !

पाठकको प्रतिक्रिया
अन्य गजलहरू