गजल

मलाई मात्रै ‘था छ पीर जिन्दगीको
चढ्न कति गाह्रो छ भिर जिन्दगीको ।


लड्दै–उठ्दै हिँडियो बाटोहरु धेरै
ख्वै ! कहाँ उनिएछ झिर जिन्दगीको ।


आँसुहरुको यो नदी कैले सुक्ला र,
भेटिएला बल्ल त्यो तीर जिन्दगीको ।


थाहै नपाई– कहाँनेर, कतिबेला !
आँसुले पखाल्यो अविर जिन्दगीको ?


तिमी मेरो साथ नभैदिने हो भने
कहाँ तोड्न सक्छु जञ्जिर जिन्दगीको ।

पाठकको प्रतिक्रिया
अन्य गजलहरू