गजल

लक्का जवान विदेशियो भने नरमाइलो लाग्छ
यो उर्भर भूमि बाँझियो भने नरमाइलो लाग्छ !

न्यायको पक्षमा हिड्नेको गोडा, बोल्नेको जिब्रो
अनि लेख्नेको हात काटियो भने नरमाइलो लाग्छ !

मार्न त म तिमीलाई छिन्मै मार्न सक्छु तर
कसैको सिउँदो पुछियो भने नरमाइलो लाग्छ !

पत्थरलाई भगवान सम्झेर पुज्नेहरुलाई पनि
मान्छे नै पत्थर भैदियो भने नरमाइलो लाग्छ !

लक्का जवान विदेशियो भने नरमाइलो लाग्छ
यो उर्भर भूमि बाँझियो भने नरमाइलो लाग्छ !


पोखरा

पाठकको प्रतिक्रिया
अन्य गजलहरू