गजल

           (१)

मैले यो समयको चुनौति यसरी चुकाउनु छ
समुन्द्रमा जग राखेर आकाशमा घर बनाउनु छ

मलाई मेरो जिन्दगीमा धनसम्पति भन्दा बढी
मर्ने दिनका लागी मलामी कमाउनु छ

भमरा प्रती काँडा यति आक्रोशित हुनुको कारण
बस यत्ति हो उस्ले फूलको ईज्जत बचाउनु छ

पेट को बच्चा देखाउदै भन्दै थिइन् एक आमा
देश का लागि मैले एउटा बुद्ध जन्माउनु छ

 

             (२)

जब झुक्नेछ तिम्रो शिर पैसाको अगाडि
अनि लज्जित हुनेछौ आफ्नै छाँयाको अगाडि

अत्याचार सहन नसकेर मेरि आमाले
चुरा फुटाइन् सिन्दुर पुछिन् बाको अगाडि

मौन बस्दैमा नसोच्नुहोस कायर रहेछ
चर्को बोल्ने बानि छैन ठूलाको अगाडि

अर्काको कुरा काट्नु अघि बिन्ति हेरीदिनु
गएर पहिले आफ्नो मुहार ऐनाको अगाडि

पोखरा

पाठकको प्रतिक्रिया
अन्य गजलहरू