सिड्नीमा बृहत कविता महोत्सव सम्पन्न

०२ जुलाई, २०१२



अष्ट्रेलियाको सिड्नी मा अनेसास सिड्नी च्याप्टर ले गत बर्ष देखि बसालेको कविता महोत्सवको परम्परालाई यस बर्ष पनि निरन्तरता दिँदै जुन ३१ तारिखका दिन अर्को बृहत कविता महोत्सव सफलता पुर्वक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भिमसेन सापकोटा को अध्यक्ष्यता , र महावाणिज्य दूत दीपक खड्का ज्यूको प्रमुख आतिथ्यतामा मा सम्पन्न भएको कविता महोत्सवमा करिव तिस जना लेखकहरूले प्रतियोगी रुपमा कविता वाचन गरेका थिए । कार्यक्रममा संस्थाको पहिलो मुख पत्र ‘मुहान’ को पनि बिमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव सानु घिमिरे ले गर्नु भएको थियो भने निर्णायकको भूमिका अच्युतभक्त वाग्ले, महेन्द्र पौडेल, सुजित सिग्देल, अर्जुनमणि पौडेल र निष्प्रभ सजी ले निभाउनु भएको थियो । कविता महोत्सवमा क्रमश ः सुधा किरण —प्रथम, तारानिधी भण्डारी—द्तििय, नारायण ढुंगेल— तृतिय र निरज जोशी ले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।  

पाठकको प्रतिक्रिया