महाकवि देबकोटा जयन्ती सम्पन्न

२४ नोभेम्बर, २०११

नेपाली साहित्य विकास  परिषद यु के को आयोजनामा १०२औ महाकवि  लक्ष्मी प्रसाद देबकोटा जयन्ती उत्साहबर्द्धक रुपमा मनाइएको छ । स्थानिय वेष्ट लण्डन स्थित कुइन्स्ल्यान्ड कलेज एक्टनमा आयोजित उक्त समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाली राजदुताबासका क.विस्वनाथ घिमिरे,  परिषदका कार्यबाहक अध्यक्ष कोमल प्र. श्रेष्ठ मल्ल, परिषदका सल्लाकार तथा यती संस्थाका कार्यकारिणी धुर्ब के.सी र अ. ने. सा. स. का केन्द्रिय बरिस्ट उपाध्यक्ष कृष्ण बजागाइँ आदि बक्ताहरुले महाकवी देबकोटाको योगदान  बारे चर्चा गर्नुभयो । यसअघि नेपाली  साहित्यमा महाकवीको देन बारे प्रवचन दिनुहुँदै कवि तथा साहित्यकार गोपी कृष्ण प्रसाइले महाकवि देबकोटा विश्वकै अदितिय कवि हुन भनुभयो !
   परिषदका उपाध्यक्ष वीरेन्द्र कुँवरको स्वागत अभिव्यति,परिषदकी कार्यकारीणी सदस्य कोहीनूर श्रेष्ठ मल्ल को आतिथ्य अर्पण ,परिषदका सँस्थापक  तथा महासचिव सुरेश जंग शाहको सन्चालन र कार्यबाहक अध्यक्ष कोमल प्श्रेष्ठ मल्लको सभापतित्व रहेको उक्त समारोहको आरम्भमा महाकविको तस्वीरमा प्रमुख अतिथि लगायत विभिन्न सङ्सँस्थाका प्रतिनिधि एवम सहभागीहरुबाट माल्यार्पण गरेर श्रद्धा सम्मान प्रकट गरिएको थियो I
समारोहमा कवितावाचन गर्ने १५ जना कवि कवयत्रीहरुमा डा .सुधा श्रेष्ठ ,जयालक्ष्मी राई,सन्जु बजागाइँ,राजिव रेग्मी , नारायण गाउँले ,घन बहादुर थापा , डा. सुनिल बुढाथोकी , गोकुल भण्डारी , कृष्ण बजागाइँ, धुब्र के.सी ,डा. रुपक श्रेष्ठ ,गोपी कृष्ण प्रसाइ ,कार्यबाहक अध्यक्ष कोमल प्र. श्रेष्ठ  मल्ल , सुरेश जंग शाह हुनुहुन्थ्यो। 
  समारोहमा अनेसास जापान च्याप्टरलाई कार्यबाहक अध्यक्ष कोमल प्र. श्रेष्ठ  मल्ल , सुरेश जंग शाहले जापानमा गरीएकाे स्वागत आयोजनाका लागी धन्यबाद िदनु भयकाे िथयाे ।
समारोहको अन्त्यमा रमाइलो जलपानको आयोजना रहेको थियो। कार्यक्रम प्रायोजन गर्नुहुने तर् श्रेष्ठ मल्ल,युवा सदस्य तथा समाजसेवी राम राइ ,अनुज उप्रेती , रेन्जेन दोर्जे लामा, दावा लामा र व्यवस्थापनतर्फ कुइन्स्ल्यान्ड कलेजका संचालक तथा परिषदका कार्यालय सचिव कृष्ण भट्ट र परिषदका उपाध्यक्ष वीरेन्द्र कुँवमा धन्यवाद ज्ञापन गरिएको थियो ।

 - अनुज उप्रेती

२३ अक्टोबर लण्डन

पाठकको प्रतिक्रिया