सिड्नीमा गजल मुशायरा आयोजना हुने

०८ अगष्ट, २०१४

अष्ट्रेलियाको सिड्नीमा यही अगष्ट २४ तारिखका दिन नेपाली गजल सम्बन्धी एउटा पृथक कार्यक्रमको आयोजना हुने भएको छ। सिड्नीको साहित्यिक वृत्तमा गजल विधाको उत्थान एवं प्रवर्धन गर्ने उदेश्यले, मोती जयन्तीको अवसरमा , आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सिड्नीका दश जना प्रखर गजलकार हरुको प्रस्तुति रहने बताइएको छ।

“गजल मुशायरा” नाम दिइएको सो कार्यक्रम, नेपाली कला सँस्कृती तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजनामा यासफिल्ड स्थित क्याथोलीक क्लवको हलमा गर्न लागिएको हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाज एन एस डब्ल्यु च्याप्टरको पनि सहयोगी भुमिका रहने उक्त कार्यक्रम सिड्नीमा नेपाली गजलको प्रवर्दन गर्नका हेतु एउटा कोसेढुँगा सवित हुनेमा पूर्णतया विश्वस्त रहेको संयोजक जितेन्द्र मल्लले बताउनु भयो।

मल्लका अनुसार कार्यक्रममा निष्प्रभ सजी, आलोक कोइराला, गोपी दवाडी, जितेन्द्र मल्ल, राजन कार्की, सिर्जना शर्मा , सुरजदेव श्रेष्ठ, विज्ञान कँडेल, सजल नयन र देव पाठक गरी दश जना श्रष्टाको गजल वाचन रहने छ। गायक त्रय आशिष श्रेष्ठ, राजेश के.सी एवं प्रदीप चापागाईँको गजल गायन रहने उक्त कार्यक्रममा एक गजल नृत्य प्रनि प्रस्तुत गरिने बताइएको छ।

स्रोत: जितेन्द्र मल्ल

पाठकको प्रतिक्रिया