नोबेल साहित्य पुरस्कार 'एलिस मुन्रो'लाई

१० अक्टोबर, २०१३

सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल साहित्य पुरस्कार यस बर्षका लागि केनडियन कथाकार एलिस मुन्रोलाई प्रदान गरिने घोषणा गरिएको छ ।
अहिले सम्म १०९ जना व्यक्ति मध्ये १२ जना महिला लेखकहरुले यो पुरस्कार जित्त सफल भएका थिए , जसमा टोनी मोरिसन र पर्ल बक पनि पर्दछन् । एलिस मन्रो यहि पंक्तिमा तेर्हौं महिला लेखिकाका रुपमा उभिएकी छिन् । मुन्रो मानविय संवेदनाले भरिपूर्ण समकालिन कथाहरूका लागि निकै पसिद्ध कथाकार हुन् । मुन्रोको जन्म १० जुलाई १९३१ मा क्यानडाको विन्गममा भएको हो । मुन्रो, नोवेल साहित्य पुरस्कार जित्ने पहिलो केनडियन लेखिका हुन् ।



सन १८९५ नोभेम्ब्बर २७ तारिखमा अल्फ्रेड नोबेल ले आफ्नो सम्पत्तिको ठूलो हिस्सा नोबेल पुरस्कारको रुपमा बिभिन्न बिधाका लागि अक्षय कोष बनाउन छुट्याएका थिए । बिश्व साहित्यले उत्कृष्ट साहित्य नपाएको भन्दै सन् १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ मा साहित्य तर्फको नोबेल पुरस्कार बितरण गरिएको थिएन । नोबेल साहित्य पुरस्कार स्वेडिस एकेडेमीले हरेक बर्षको अक्टोवर महिनामा घोषणा गर्दछ । सहित्य बिधामा पहिलो नोबेल पुरस्कार फ्रेन्च कवि सली प्रुधोमेलाई प्रदान गरिएको थियो भने गएको बर्ष २०१२ का लागि यस पुरस्कार चाइनिज लेखक मो यानले पाएका थिए ।

पाठकको प्रतिक्रिया