सिडनीमा 'अनेसास काव्य संध्या'

१६ सेप्टेम्बर, २०१४

गएको आइतबार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सको नियमित साहित्यिक कार्यक्रम “अनेसास काव्य संध्या” सिडनीको मुग्लान रेष्टुरेण्टमा सम्पन्न भएको छ । संस्थाकी उपाध्यक्ष सानु घिमिरेको स्वागतबाट शुरु गरिएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाका अध्यक्ष महेन्द्र वली तथा आयोजक संस्थाका अध्यक्ष महेन्द्र पौडेलले अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीलाई खादा र पुष्प गुच्छाले सम्मान गरेका थिए ।

सोही अवसरमा राधेश्याम लेकालीको गीति संग्रह ‘आगत’ को साहित्यकार द्वय शोभाकान्त गौडेल र वेद कुमारी न्यौपाने सहित नेपाली समुदायका अग्रजहररू रामजी विष्ट, श्री नापित तथा महेन्द्र लम्सालले संयुक्त रुपमा लोकार्पण गरेका थिए भने अनेसासकै केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटाले उक्त कृतिको समीक्षा गरेका थिए । अनेसास काव्य संध्या मा थुप्रै कविता, गीत, मुक्तक र गजलहरू वाचन गरिएका थिए । अग्रज साहित्यकारहरू राधेश्याम लेकाली, शोभाकान्त गौडेल अनि वेद कुमारी न्यौपाने सहित सिडनीका अन्य लेखकहरू सुरेन्द्र दवाडी, महेन्द्र पौडेल, निष्प्रभ सजी, सानु घिमिरे, कुमार गिरी, प्रदिप चापागाईं, , जानकी पौडेल, प्रतिज्ञा अधिकारी, विकास उप्रेती, निरज जोशी, ममता तिवारी, सिद्धीविनायक शर्मा, भिमसेन सापकोटा आदिले रचना वाचन गर्ने क्रममा माहौललाई महेन्द्र लम्साल र श्री नापितका गीतले अझ थप मनोरञ्जनात्मक बनाएको थियो । संस्थाका अध्यक्ष महेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संस्थाकै महासचिव विकास उप्रेतीले संचालन गरेका थिए।

समाचार स्रोत: महेन्द्र पौडेल
 


पाठकको प्रतिक्रिया