अष्ट्रेलियामा पहिलो एकल कविता वाचन [फोटो फिचर]

०५ मे, २०१४

समाचार स्रोतः ऋषि आचार्य (नागरिक न्युज)

अस्ट्रेलियामा सक्रिय कवि तथा सहित्यकार निस्प्रभ सजी को एकल कविता वाचन कार्यक्रम ४ मे आइतवार सिड्नीको एसफिल्डमा सम्पन्न भएको छ । सिड्नीका सहित्य प्रेमी नेपाली समुदायको उपस्थिति रहेको यो कार्यक्रममा कवि सजीले करिव २ दर्जन कविता, गजल, गीत र मुक्तक वाचन गरेका थिए । राष्ट्रपे्रम, पारिवारिक सम्बन्ध, माया पिरती र प्रकृति जस्ता विषयमा सजीका कविता तथा गजलहरु केन्द्रित थिए । कार्यक्रममा केही कवितालाई दोहोर्याएर वाचन गर्न दर्शकहरुले अनुरोध समेत गरेका थिए । यहाँका नेपालीको माया र साथले आगामी दिनमा साहित्य रचना गर्न अझ उर्जा मिलेको कवि सजीको प्रतिक्रया रहेको थियो । अस्ट्रेलियामा पहिलो पटक आयोजना भएको एकल कविता वाचन कार्यक्रम सिड्नीबाट प्रकासन हुने पत्रिका अस्ट्रेलियाको नेपालीपत्रले साहित्यिक अनलाइन साताको सहित्य डट कमको सहकार्यमा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सजीको पहिलो गजल संग्रह 'इरा'को पनि बिमोचन गरिएको थियो। गजल संग्रहको विमोचनमा ५१ दिनकी बालिका इरालाई गैर आवासीय नेपालीसंघ अन्तराष्ट्रिय संयोजन समितिका संरक्षक इन्द्रा वन, नेपाली समुदायका अग्रज डा नारायण प्रधान, गैर आवासिय नेपालीसंघ अन्तराष्ट्रिय संयोजन समितिका सचिव रन्जु थापा र गैर आवासीय नेपालीसंघ अस्ट्रेलियाका सचिव भरत पोखरेलले साथ दिएका थिए। साथै हेल्प नेपाल नेटवर्क अस्ट्रेलियाका अध्यक्ष हर्ष गौतमले कवि सजीलाई खादा लगाएर मञ्चमा स्वागत गरेका थिए। यो संग्रहमा १० वटा गजलहरु संग्रहित छन्। संग्रहमा रहेको "कहिले वारी बस भन्यौ" गजलको म्युजिक भिडियोको पनि प्रिमियर गरिएको थियो।



झण्डै एक दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय सजीका २ वटा कविता संग्रह र २ वटा गीति संग्रह प्रकासन भैसकेका छन्।
फोटो सौजन्यः सुधन शाक्य

पाठकको प्रतिक्रिया