अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब -२०१३ - औपचारिक सूचना

०१ अप्रिल, २०१३

नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले यस वर्ष पनि अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब आयोजना गर्ने भएको छ / दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए.एन.ए ) संगको सहकार्यमा आगामी जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्क शहरमा हुने महोत्सबलाई सफलताका साथ सम्पन्न गर्नको लागि बिभिन्न देशको प्रतिनिधि रहने गरि प्रतिष्ठानका उपाध्यक्ष्य साहित्यकार बिनोद रोक्काको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ | महोत्सव ए एन एको एकतीसौं महाधिबेशनको अवसर पारेर आयोजना गर्न लागिएको हो | महोत्सबमा आयोजना गरिने प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई तल उल्लेखित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ |
प्रथम पुरस्कार - एन एम शुभद्रा भानुभक्त काब्य पुरस्कार, एक हजार यु एस डलर र प्रमाण पत्र
दोश्रो पुरस्कार - शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार, तीन सय यु एस डलर र प्रमाण पत्र
तेश्रो पुरस्कार - बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार, दुई सय यु एस डलर र प्रमाण पत्र
कविता प्रतियोगिताका नियमहरु :-
१. प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा सिधै केन्द्रिय संयोजक र उप संयोजकको ई-मेलमा पठाउन सक्नु हुनेछ |
२. कविताको शब्दसीमा अधिकतम दुई सय (२००) तोकिएको छ | सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन |
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अश्लिल शब्दको प्रयोग गरिएकोछ भने त्यस्ता कविताहरु स्वत
अस्वीकृत हुनेछन |
४. कविताको बिषय बस्तु र कविताको स्वरूपको ( गध्य या छन्द ) बारेमा कविहरुलाई स्वतन्त्र छाडिएकोछ |
५. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउनेछन तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ |
६. कविता कान्तिपुर, प्रिती या मंगल फन्टमा मात्र पठाउनु पर्नेछ |
७. कविता नितान्त नया र मौलिक हुनु पर्नेछ | कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ |
८. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत अस्वीकृत गरिने छ |
९. प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत अस्वीकृत हुनेछ |
१०. प्रतियोगी कविता आउँदो मई महिनाको ३१ तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ |
११. प्रतियोगितामा कुनै विबाद आए सम्पूर्ण निर्णयाधिकार प्रमुख संयोजकमा निहित रहने छ /


अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब २०१३ आयोजक समितिको पूर्ण स्वरूप र सम्पर्क ठेगाना
प्रमुख संयोजक - बिनोद रोक्का - kabitapratiyogita2013@gmail.com,
उपसंयोजक - गोवर्धन पूजा kabitapratiyogita2013@gmail.com,
बेलायत संयोजक- कोमल प्रसाद श्रेष्ठ मल्ल…komal.malla1@gmail.com
नेपाल संयोजक - बिश्व बिमोहन श्रेष्ठ bishowbimohan@hotmail.com
भारत संयोजक ...... मनप्रसाद सुब्बा manprasads@gmail.com
क्यानाडा संयोजक - ऋषि बस्ताकोटी rishibastakoti@hotmail.com
इजराइल संयोजक – भगवती बस्नेत bhagawati.basnet@yahoo.com
खाडी मुलुक संयोजक – चन्द्र गुरुङ chandu_901@hotmail.com
दक्षिण एसिया संयोजक - टंक सुब्बा tankasubba@gmail.com
अष्ट्रेलिया संयोजक -निष्प्रभ सजी nisprabhsaji@gmail.com

(समाचार स्रोत : गोवर्धन पूजा)

पाठकको प्रतिक्रिया