सिड्नीमा भानु द्विशतवार्षिकी समारोह सम्पन्न

१७ जुलाई, २०१४

गएको आइतवार सिड्नीको अवर्नमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह सम्पन्न गरियो । अनेसास न्यु साउथ वेल्स र नेपाली कला साहित्य तथा संस्कृति प्रतिस्ठानको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा रामायण वाचन, भानुको जिवनी माथि चर्चा, र कवि तथा साहित्यकारहरूले कविता वाचन गरेका थिए ।

कार्यक्रममा अग्रज साहित्यकारद्वय केदार पोखरेल र शोभाकान्त गौडेलका साथमा भिमेसेन सापकोटा, निष्प्रभ सजी, प्रदिप चापागाईं, सुरेन्द्र दुवाडि, जितेन्द्र मल्ल, रुमु न्यौपाने, सानु घिमिरे, ममता तिवारी, चर्तुभुज खरेल लगायतका लेखकहरूको उपस्थिति थियो । अनेसास सिड्नीका अध्यक्ष्य महेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घोषण कार्यक्रम संयोजक भिमसेन सापकोटाले गरेका थिए ।

पाठकको प्रतिक्रिया