रवीन्द्र समीरको 'एकलव्य दृष्टि’ प्रकाशित

१९ अप्रिल, २०१५

काठमाडौं, वैशाख ३:
पेशाले प्रजजन तथा बालस्वास्थ्य बिशेषज्ञ रवीन्द्र समीरको आठौं लघुकथा संग्रह ‘एकलव्य दृष्टि’ प्रकाशित भएको छ ! ८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको संग्रह एकलब्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहित राजनैतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एबम द्वैध चरित्रलाई व्यंगात्मक रुपमा तिब्र प्रहार गरिएको छ  !

त्यस्तै स्वास्थ्य क्षेत्रमा रहेका बिबिध पाटाहरुलाई बिबिध कोणबाट उजागर गरेको यो संग्रहको केन्द्रिय पात्र डा. शर्मा हुन् ! डा. शर्माका क्रियाकलापहरु चिकित्सा क्षेत्रका दर्पण बनेका छन् ! यस अघि रवीन्द्र समीरका तेश्रो आँखा, पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड तथा व्यंग्यम शरणं गच्छामि लघुकथा संग्रहहरु प्रकाशित छन् ! यसबाहेक उनको मुक्तक संग्रह चाँदीको घेरा र ग्रेटवालको ग्रेट अनुभूति नियात्रा संग्रह पनि प्रकाशित छन् !

समीर लघुकथा विधाका सशक्त तथा अग्रणी कथाकार हुन् ! समीरले पद्मश्री साहित्य सम्मान, युवाबर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल बिध्याभुषण पदक लगायत दुईदर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ! एकलव्य दृष्टि लघुकथा संग्रह फाइन प्रिन्टले प्रकाशित गरेको हो !

 

पाठकको प्रतिक्रिया