बुद्धिसागर र उमेश सिड्नीमा | फोटो फिचर

२७ सेप्टेम्बर, २०१६

साताको साहित्य डट कम र नेपाली पत्र अष्ट्रेलियाको संयुक्त आयोजनामा गएको आइतबार सिड्नीमा पत्रकारिता र नेपाली आख्यान लेखनका बारेमा अन्तर्किया गरियो ।

नेपालमा अनलाइन मिडियाको सुरुवात कसरि भयो भनेर माइसंसारका परिकल्पनाकार र नेपालकै पहिलो ब्लगर उमेश श्रेष्ठले फेसबुक, युट्युव र ट्विटर आउनु भन्दा पनि पहिले ब्लगर हुनुको चुनौति बाँडिरहँदा अष्ट्रेलियाको नेपाली समुदायले निकै चाख दिएर सुनीरहेका थिए ।

डायलअप इन्टर्नेटमा रातरात भर खटेर निष्पक्ष पत्रकारिताको थालनी गरेका उमेशले थुप्रै चुनौति खेपेका थिए । अन्त्यमा उनले धेरै कमाउन र पाउन नसकेपनि मनभरी सन्तुष्टी कमाएको बताए ।

कार्यक्रमको शुरुवातमा अमेरिकाबाट प्रकाशित लेखक अमित श्रेष्ठद्वारा लिखित अंग्रेजी उपन्यास द फल्ट लाई सार्बजनिक गरिएको थियो । लेखकले कृति भूकम्प पछि नेपाली समुदाय कस्तो साहसका साथ उठ्ने प्रयास गर्यो भन्ने विषयमा केन्द्रित रहेको जानकारी दिए । कार्यक्रमको संचालन पत्रकार ऋषि आचार्यले गरेका थिए भने उमेशसँगको अन्तक्रिर्यामा सहजकर्ताको भूमिका सन्जिब पाण्डेले निभाएका थिए ।


कार्यक्रमको दोस्रो सेसनमा बुद्धिसागरलाई सहजकर्ताको भूमिकामा लेखक निष्प्रभ सजी ले साथ दिएका थिए । बुद्धिसागरले बीच बीचमा कविता पनि वाचन गरे ।

बुद्धिसागरको कर्णाली ब्लुजले सफल लेखक त बनायो र साथसाथै जीवनसाथी पनि जुराइदियो भन्ने प्रसंग रोचक सुनिन्थ्यो । रचना गर्भ, पात्र छनौट, आख्यानको विषय जस्ता विभिन्न प्रसंगहरूमा बुद्धिसागरले बोलेका थिए । कार्यक्रम सिड्नीको कोग्रामा सम्पन्न भएको थियो । 

 

पाठकको प्रतिक्रिया