मदन पुरस्कार सेतो धरतीलाई !

१७ सेप्टेम्बर, २०१२


२०६८ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार क्रमशः अमर न्यौपाने र संसोधन मण्डल ले पाउने भएका छन् । मदन पुरस्कार गुठीका अनुसार यस बर्षको मदन पुरस्कार सेतो धरती उपन्यास लाई दिईएको हो भने जगदम्बा श्री पुरस्कार इतिहास संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका क्षेत्रमा अतुलनिय योगदात दिए बापत मण्डललाई दिन लागिएको हो । अमर न्यौपानेले यस अघि दुई पुस्तक पानीको घाम (आख्यान) र कलिलो मन –बालकथा संग्रह) प्रकाशित गरिसकेको छन् । जसले क्रमशः पद्यश्री साहित्य सम्मान—२०६६ र पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेका थिए ।

                                                                    ****

"मलाई देखेपछि मानिसहरुको साइत बिग्रन्छ भने मेरो आफ्नै साइत अझ कति बिग्रन्छ होला ? किनभने, जहाँ जाँदा पनि मैले आफूलाई अघि लगाएरै हिँड्नुपर्छ जिन्दगीभर । आफूलाई कतै छोडेर मविनाको मेरो साइत कसरी गरौँ म ?"

                                                          **

"मलाई रातले देख्यो । जूनले देख्न पाएन । असख्य ताराहरुले देखे । त्यसैले, मेरो नाम पनि आमाले राखिदिनुभएछ – तारा । तर, ताराहरु मेरा सबैभन्दा टाढाका मलाई सधैँ गिज्याइरहने आफन्त भए, जसले उज्याला हातहरुले छुन कहिल्यै आउँदैनन् । म जन्मिएको जूनले देखेको भए सायद आमाले मेरो नाम राखिदिनुहुन्थ्यो होला – इन्दू या पूर्णिमा । र, सधैँ जूनको उज्यालोले छुने थियो मलाई ।"


-सेतो धरती उपन्यासबाट

(उपन्यास फाइनप्रिन्ट ले बजारमा ल्याएको थियो)

पाठकको प्रतिक्रिया