सिड्नी र ब्रिस्वेनले सम्झिए भानुलाई

०९ जुलाई, २०१६

आज अस्ट्रेलियाका दुई शहरहरू ब्रिस्वेन र सिड्नीमा छुट्टाछुट्टै कार्यक्रमका बीच भानु जयन्ती मनाइयो । यसै सन्दर्भमा दुबै ठाउँमा रचनाहरू वाचन गरिए ।

ब्रिस्वेनमा चर्चित लेखक अमर न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमकोे आयोजना एनआरएनए व्रिस्वेनले गरेको थियो भने, सिडनीको कार्यक्रम नेपाली कला संष्कृति तथा साहित्य प्रतिष्ठानले गरेको थियो ।

अष्ट्रेलिया भ्रमणमा रहेका लेखक अमर न्यौपानेको एकल कविता वाचन र अन्तर्किया सिड्नीमा यसै महिना सम्पन्न हुँदै छ ।

पाठकको प्रतिक्रिया