भूपिनको निबन्धसङ्ग्रह 'चौबीस रिल' को बिमोचन

१० मार्च, २०१३

भूपिनको निबन्धसङ्ग्रह 'चौबीस रिल' को प्रिन्टबुक र ईबुकको गएको शुक्रवार एकैसाथ बिमोचन भएको छ ।  राजधानीको मन्डला थिएटरमा लेखक भूपिनको निबन्ध संग्रह सार्वजनिक गरिएको थियो । युवा पुस्ताका कविका रूपमा स्थान बनाएका भूपिनका २४ वटा आत्मपरक निबन्धको संगालो 'चौबीस रिल' लाई अर्का निबन्धकार कुमार नगरकोटीले सार्वजनिक गरेका थिए । सांगि्रला बुक्सले बजारमा ल्याएको पुस्तकको 'ई-बुक भर्सन' भने अर्का लेखक नारायण ढकालले सार्वजनिक गरे । चर्चित निबन्धकार जमघट रहेको कार्यक्रममा नारायण ढकाल, रोशन शेरचन र भूपिनले पुस्तकमाथि बोलेका थिए ।

अब संसारको जुनसुकै कुनाबाट पनि www.pandulipibooks.com or www.ebooks.com.np मार्फत चौबीस रिल किनेर पढ्न सकिनेछ ।

पाठकको प्रतिक्रिया