गोबिन्दराज बिनोदी सम्मानित

०१ जुन, २०१३

कवि डाँडा साहित्य समाजको दशौँ स्थापना दिवस एउटा सम्मान कार्यक्रम सहित सम्पन्न भयो । कार्यक्रममा साहित्यकार गोबिन्दराज बिनोदी देबखिना स्मृति पुरस्कारबाट सम्मानित भए । पुरस्कार स्वरुप नगद पाँचहजार र सम्मानपत्र हस्तान्तरण गरिएको थियो । तुलसी थापा को प्रमुख आतिथ्यता र बिनोद नन्दनको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मकवानपुरका कविहरूले पनि कविता वाचन गरेका थिए ।

गनेश शर्माले उद्घोषण गरेका यस कार्यक्रमको सभापतित्व, समाजका अक्ष्यक्ष एल. बि. क्षेत्री ले गरेका थिए । कार्यक्रममा कवि भुपिन, कपिल अज्ञात र सुरेन्द्र अस्तफल लगायतका लेखकहरूले आफ्नो भनाई राखेका थिए ।

(स्रोतः सुमन घिमिरे)

पाठकको प्रतिक्रिया