साताको साहित्य ले लेखकहरूलाई पारिश्रमिक प्रदान गर्ने

०७ जुलाई, २०१२



साताकोसाहित्यडटकम ले आफ्ना लेखकहरू लाई यही अगष्ट देखि नेपाली रु. पाँचसय पारिश्रमिक दिने ब्यवस्था गर्दैछ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर सातोको साहित्य ले यस कार्यको प्रारम्भ गर्न थालेको हो । जुनसुकै बिधाको रचना भएपनि हरेक रचना का रचनाकार ले उति नै पारिश्रमिक पाउनेछन् । लेखक सम्म पारिश्रमिक सहज रुपमा पुर्याउनका निमित्त, साताको साहित्यका नेपाल प्रतिनिधि ले लेखकको औपचारिक ई मेल प्राप्त गरेपछि, लेखकको मोबाइलमा रु पाँचसय रिचार्ज गर्नेछन्  जसले गर्दा लेखकलाई पारिश्रमिक बुझ्न आउने झन्झट हुने छैन । रिचार्ज गरिने मोवाइल भने लेखक स्वयंको हुनुपर्नेछ । लेखकले आफ्नो रचनाको पारिश्रमिक प्रत्येक बर्षको अगष्ट १ तारिख सम्ममा दाबी गरिसक्नु पर्नेछ । अन्यथा उक्त रकम साहित्यकार संरक्षण कोषमा जम्मा हुनेछ । नेपाल बाहिर बसोबास गर्ने लेखकले आँफु नेपाल आउने क्रममा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । साताको साहित्य परिवार को यस प्रयासलाई प्रायोजन गर्नुहुने किरण थापा ज्यू, जो सिड्नी मा क्याप्कन कम्पनी मार्फत आर्थिक सल्लाहकार का रुपमा परिचित हुनुहुन्छ, हामी उहाँप्रति निकै आभारी छौ । साथमा हामीलाई साताको साहित्य पुरस्कारका लागि आर्थिक सहयोग प्रदान गर्ने इनोभेटिभ एसोसिएट्स का निर्देशक डिला खरेल ज्यू प्रति पनि पुनः आभाार प्रकट गर्न चाहन्छौँ । निस्वार्थ र बिना पुर्वाग्रह नेपाली साहित्य को सेवा गर्नु साताको साहित्य डट कम को एक मात्र उद्धेश्य हो ।

निष्प्रभ सजी
सम्पादक
साताकोसाहित्यडटकम (www.satakosahitya.com)

पाठकको प्रतिक्रिया