सुमन र मतिप्रसादलाई चिसाप कृष्ण-कृष्णा पुरस्कार

०१ जनवरी, २०१७

सुमन घिमिरेको उपन्यास ‘मौनता’ र डा. मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह ‘पुस्तकालयको भोक’ लाई कृष्ण-कृष्णा पुरस्कार दिइएको छ ।
देशभरबाट वर्षभरि प्रकाशित कृतिमध्ये कुनै एक उत्कृष्ट कृति छनोट गरेर दिइँदै आएको यो पुरस्कार यस पटक संयुक्त रुपमा दिइएको हो । पुरस्कारको राशि १० हजार नगद र सम्मानपत्र छ ।

पुरस्कार कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३३औं जन्मजयन्तीको अवसर पारेर शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार दिइएको हो । सम्मान ग्रहण पछि लेखक घिमिरेले आँफुले पाएको सम्मान रकममा त्यतिनै रुपैयाँ थप गरि गरिब तथा जेहेन्दार बालबालिकाको लागी केही राहत सामाग्री वितरण गरिने बताउनु भयो । अर्का सम्मानित स्रस्टा डा. मतिप्रसाद ढकालले पुस्तक प्रकाशन पनि समाज सेवानै भएकोले उक्त रकममा अरु रकम थप गरि नयाँ कृती प्रकाशन गरिने बताउनु भयो । चितवनको रत्ननगर बकुलहर घर भई हाल अमेरिका बस्दै आएका कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर बि.स. २०७० सालमा यो पुरस्कार स्थापना गरेका हुन् । ०७१ सालदेखि दिन थालिएको पुरस्कार पहिलो वर्ष लकास पौडेलको महाकाव्य ‘सौर्यगाथा’ र दोस्रो वर्ष नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘सिडिओका सत्र बर्ष’ ले पाएको थियो ।

समाचार स्रोतः लेखाराम सापकोटा

पाठकको प्रतिक्रिया