साताको साहित्य सार्वजनिक

२२ अगष्ट, २०११

सिड्नीमा गजल सन्ध्या, तिनवटा कृति विमोचन

 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिड्नी च्याप्टरले मोती जयन्तीको अवसर मा सिड्नीमा भब्य गजल सन्ध्या कार्यक्रम सम्पन्न गरेको छ । गएको आईतवार अस्ट्रेलियाका लागि नेपाली राजदुत योगेन्द्र ढकालले युवा कवि मोतिराम भट्टको तस्विरमा माल्यार्पण गरेर शुरु भएको उक्त कार्यक्रममा नेपाली गजल गायन तथा वाचन भएको थियो ।
प्रवासमा बसेर श्रृजना गरिएका तीनवटा कृतिहरु विमोचन उक्त कार्यक्रमको मुख्य आकर्षण थियो । साहित्यकार रविकिरण निर्जिवद्धारा रचित ‘आत्मादान’, गजलकार प्रदिप चापागाईंको दोस्रो गजल संग्रह ‘डाँडामा जुन छ’, र निष्प्रभ सजीको सम्पादन रहेको ‘साताको साहित्य’ साहित्यीक अन्लाईन, राजदुत योगेन्द्र ढकालले सार्वजनिक गरेका थिए ।


साहित्यकार निर्जिवले पुस्तक आत्मदानमा आफ्नो शिक्षक जीवन, साथीभाईहरु, समाज, राजनीति र सांस्कृतिक विषयवस्तुलाई समेटेका छन् । यो पुस्तकमथिको समिक्षा महेन्द्र पौडेलले गरेका थिए । यस्तै गजलकार चापागाईंका गजलहरुमा प्रवासको संघर्षपूर्ण जीवन, नेपालको सामाजिक तथा राजनीतिक घटनाक्रम र मायाप्रेमका प्रसंगले प्रमुखता पाएका छन् । यो संग्रहका गजलहरुको समिक्षा अर्जुनमणी पौडलले गरेका थिए ।साहित्यकार निष्प्रभ सजीले संचालनमा ल्याएको साताको साहित्य अन्लाईनले साहित्यका विभिन्न विधाहरुलाई अनलाईनमार्फत सार्वजनिक गर्ने जमर्को गरेको छ ।

सिड्नीमा रहेका स्थानिय कलाकारहरु, मदन लेप्चा, समिर ढुङ्गेल, गोपी दवाडी, राजकुमार पौडेल तथा श्रद्धा पोखरेलले आˆनै संगित संयोजनमा विभिन्न नेपाली गजलहरु गाएका थिए । यस्तै, देव पाठक, निष्प्रभ सजी, सुरजदेव श्रेष्ठ, सुरेन्द्र दवाडि, प्रदिप चापागाईं, प्रमेश कडेंल, अच्युत वाग्ले, सन्ध्या शाह, संजिव पाण्डे, लगायतका सर्जकले गजल वाचन गरेका थिए  । 


 स्रोत: अनलाइन खबर 

पाठकको प्रतिक्रिया