साताको साहित्य पुरस्कार कवि रमेश सायनलाई

०७ डिसेम्बर, २०१३

साताको साहित्य डट कम ले सन २०१३ को साताको साहित्य पुरस्कार कवि रमेश सायनको कविता नाम धनिमाया थारु बर्ष चौरासी लाई यहि शनिवार काडमाडौमा एक समारोहबिच प्रदान गरेको छ । साताको साहित्य डट कम मा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई यो पुरस्कार हरेक बर्ष प्रदान गरिँदै आएको छ । कवि तथा निबन्धकार श्यामलको प्रमुख आथित्यतामा प्रदान गरिएको यस पुरस्कारको राशी नगद रु बिसहजार रहेको छ । साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि तथा गीतकार नवराज कार्की, तुलसीहरी कोइरला, मधु पाठक, ठाकुर बेलवासे, ध्रव मधिकर्मी लगायतका साहित्कारहरूको उपस्थिति थियो । कार्यक्रमको संचालन संचारकर्मि तथा गीतकार भूपेन्द्र खड्काले गर्नु भएको थियो ।

पाठकको प्रतिक्रिया