‘उषा शेरचन’लाई व्यथित—काव्य वनिता पुरस्कार

१९ अक्टोबर, २०१४

नेपाली साहित्यमा लामो समयदेखि साधनारत साहित्यकार उषा शेरचन, व्यथित—काव्य वनिता पुरस्कार—२०६९ बाट सम्मानित भएकि छन् । सम्मान ग्रहण गरेपश्चात समाजिक सञ्जालमार्फत श्रष्टा शेरचनले यसरी खुशी ब्यक्त गरेकी थिइन ।

फेरि मेरो पोल्टामा एउटा खुसी झरेको छ ।
जिन्दगीका यात्रामा भेटिने सुख दुख ,आशा निरासा, हाँसो रोदन, खुसी पीडा आदिसँग आत्मसात गर्दै लस्करहरुमा हिँडिरहेको छु । जिजीबिषाहरुले आक्रान्त र विसङ्गतिले ब्याप्त यो मानव बस्तीमा रोग, भोक र शोकले ग्रसित भूमण्डल देखेर बिथोलिदै कहिले आँफैभित्र दुखाईरहन्छु त कहिले जीवनका कतिकति पीडाहरुका आरोह र अवरोहलाई मनको सारङ्गीमा रेटेर उदास धुन बजाईरहन्छु । हराउँदै गएका मानवीय संवेदनाहरुले छियाछिया परेको धर्तीलाई देखेर आफ्नै रगतको मसिमा चोप्दै कहिले अभिब्यक्तिहरुमा पोखिरहन्छु । यसरी पोखिनु मेरो नियति भएको छ । र, सायद अभिशप्त छु यसरी पोखिरहनुमा । आखिर मान्छेको जिन्दगी यीनै नियति र अभिशप्तता बिच मच्चिरहने लिङ्गे पिङ हो सायद । र, पनि सिर्जनामा मैले जिन्दगीका धेरैधेरै अर्थहरु भेटेकी छु । धेरैधेरै सम्भावनाहरु देखेकी छु । त्यो भन्दा पनि ठूलो कुरा त सिर्जनामा मैले पैसाले किन्न नसकिने आत्मसन्तुष्टि पाएकी छु । जिन्दगीका यात्रामा भेटिने सुख दुख ,आशा निरासा, हाँसो रोदन, खुसी पीडा आदिसँग आत्मसात गर्दै लस्करहरुमा हिँडिरहेको छु । यसरी हिँड्दै गर्दा फेरि मेरो पोल्टामा एउटा खुसी झरेको छ । कुनै पनि पुरस्कार मान सम्मान पाइन्छ भनेर सिर्जनामा नलागे तापनि यदाकदा आपसे आप भेटिने यस्ता सुखद क्षणहरुले अझ बढी उत्तरदायी हुन प्रेरित चाहिँ गर्छ नै । मूर्धन्य कवि केदारमान व्यथितजस्ता आदरणीय स्रष्टाको नाउँमा अर्का स्रष्टा भद्रंकुमारी घले दिदीबाट स्थापित ‘व्यथित–काव्य वनिता पुरस्कार–२०६९ द्वारा सम्मानित हुने सौभाग्य जुराउने बनिता परिवार र बिशेष गरि सम्पादकरप्रकाशक साहित्यकार लक्ष्मी उप्रेती बहिनी लगायत सबैसबै प्रति आभार एवम् धन्यवाद व्यक्त गर्दछु !


साताको साहित्य परिवाको तर्फबाट पनि साह्त्यिकार उषा शेरचनलाई हार्दिक बधाई ।


पाठकको प्रतिक्रिया