सिड्नीमा साहित्यिक जमघट

११ सेप्टेम्बर, २०१२

अनेसास सिड्नी च्याप्टरले गत तीन महिना देखि थालेको परम्परालाई निरन्तरता दिँदै गएको शनिवार सिड्नीमा तेस्रो घरदैलो साहित्यक सन्ध्या सम्पन्न गर्यो । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बरिष्ठ गायिका भारती उपाध्याय, साहित्यकार वेदकुमारी न्यौपाने र साहित्यकार नवराज कार्कीको पनि उपस्थिति थियो । सिड्नीमा रहेर कलम चलाईरहेका लेखकहरू महेन्द्र पौडेल, भिमसेन सापकोटा, गोपी दवाडी, जितेन्द्र मल्ल, प्रदिप चापागाईँ, सन्ध्या शाह, डीला खरेल, ऋषि आचार्य, सुमित्रा बिष्ट, जयन्ती गौडेल र निष्प्रभ सजी लगायतले रचनाहरू वाचन गरेको थिए । भारती उपाध्याय ले आफ्नो चर्चित गीत मै छोरी सुन्दरी गाउँदा कार्यक्रममा उपस्थित सानी नानी स्वस्फुर्त नाचेको दृश्य निकै मनमोहक थियो । कार्यक्रममा लेखकहरूमाझ यताबाट नेपाली साहित्य को हितका लागि कसरी टेवा पुर्याउन सकिन्छ भन्ने बिषयमा अन्र्तक्रिया पनि गरिएको थियो ।

पाठकको प्रतिक्रिया