अ.ने.सा.स. सिड्नी बृहत कविता महोत्सवको तयारीमा

११ मार्च, २०१३


नेपाली समुदायका अग्रज व्यक्तित्वहरु
साहित्यप्रेमी साथीहरु तथा पत्रकार महोदयहरू !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एन एस डब्ल्यु च्याप्टर अष्ट्रेलिया ले विगत मा झैं अष्ट्रेलियाव्यापी "बृहत् कविता महोत्सव" को आयोजना गरेको कुरा निवेदन गर्न पाउँदा अत्यन्त खुशि लागेको छ । प्रतियोगी र अप्रतियोगी सबै कविता हरू प्रस्तुत गरिने उक्त कार्यक्रम मा अष्ट्रेलिया का सबै स्टेट हरू का स्रिजनशील हस्तीहरू र उदियमान प्रतिभाहरु को गरिमामय उपस्थिति रहने कुरा मा हामी ढुक्क छौं । प्रतियोगी कविता तर्फ  पहिलो, दोश्रो र तेश्रो हुने सर्जकहरु लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कुरा पनि एहाँ जानकारी गराउन चाहन्छु ।
यहि महोत्सव मा अनेसास, एन एस डब्ल्यु च्याप्टर अष्ट्रेलिया को पहिलो प्रकाशन तथा संस्था का महासचिब सानु घिमिरे को पहिलो पुस्तक " कबिता संग्रह " को पनि लोकार्पण गरिनेछ  ।
त आउनुहोस्, मुग्लानी परिवेश मै सही, नेपाली भाषा तथा साहित्य को अभिवृद्धि एवं संस्थागत विकाश अनि नेपाली समुदाय को पहिचान का लागि एकजूट बनौं र उक्त कार्यक्रम लाई एक नयाँ उचाइ मा सफल बनाउँ । एहाँहरू सबै लाई अनेसास को हार्दिक निमन्त्रणा ।
 
कार्यक्रम निम्न मिति समय र स्थानमा हुनेछ :

मिति : २३ मार्च, २०१३, शनिबार
स्थान : सेन्ट पिटर्स टाउन हाल, ३९ अन्विस ब्रिज रोड, सिड्नम
समय : अपरान्ह १ बजे देखि ४ बजे सम्म
प्रवेश : निशुल्क
नोट : चिया चमेनाको व्यवस्था हुनेछ
आदरणीय प्रतियोगी सर्जक साथीहरु
आफ्ना रचनाहरु यहि मार्च २० तारिखका दिन सम्म मेरो इमेल ठेगाना mpaudel@hotmail.com मा आइपुग्ने गरि पठाएर व्यवस्थापन मा सहयोग गरिद्नु होला ।
भवदीय
महेन्द्र पौडेल
संयोजक - कविता संकलन तथा छनोट समिति
अनेसास NSW च्याप्टर

पाठकको प्रतिक्रिया