सिड्नीमा तेस्रो 'गजल मुशायरा' सम्पन्न हुँदै

०३ सेप्टेम्बर, २०१६

गजल मुशायरा तेस्रो बर्षमा प्रवेश गर्दैछ । यस वर्ष अष्ट्रेलियाभरीका गजलकारहरू समेट्ने प्रयास भएको छ । सिड्नीमा हुने साहित्यिक कार्यक्रममध्ये यो एउटा छुटाउनै नहुने कार्यक्रम हो ।

आउँदो आइतवार ११ सेम्टेम्बरमा दिउसो साढे बाह्र बजे एसफिल्ड पोलिस क्लबमा कार्यक्रमको आयोजना हुँदैछ । नानीहरूलाई भुलाउन चाइल्ड इन्टेरटेनरको पनि व्यवस्था गरिएको छ । कार्यक्रमको आयोजना नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र एन.आर.एन.ए अस्ट्रेलियाले संयुक्त रुपमा गर्दैछन् भने संयोजन गजलकार जितेन्द्र मल्ल ले गर्दैछन् । प्रवेश शुल्क १० अस्ट्रेलियन डलर राखिएको छ ।

गजलको शक्ति कति बलियो हुन्छ हेर्नुस त । अमला अधिकारीका केही शेर ।


बारी बाँझै भाको समाचार आउँदैन
हाम्रो गाउँतिर पत्रकार आउँदैन

हली हुनुको मज्जा अर्कै छ मित्र
मेरा बालाई खोज्दै अख्तियार आउँदैन

सम्झन खोज्छु को को थिए आफन्त
आँखामा कसैको अनुहार आउँदैन

हेरी राख धार बोकेर कलम आउँछ
कविता बोकेर तरवार आउँदैन

 

सम्पर्क: जितेन्द्र मल्ल (०४०२५२५९७७), सुरेन्द्र दवाडि (०४१३९२०५८६)

पाठकको प्रतिक्रिया