सिड्नीमा प्रेम कविता

२३ फेब्रुवरी, २०१४

अनेसास सिड्नी च्याप्टरको आयोजनामा गरिने घरदैलौ साहित्यिक जमघट यसपटक पोखरेली व्यंङ्य लेखक बिश्व शाक्य र कवि शोभाकान्त गौडेलको उपस्थितिले झन् बिशेष रह्यो । प्रेमको बिम्वलाई प्राथमिकता दिँदै कविहरूले आफ्ना प्रेमकविता, गीत र गजलहरू वाचन गरे । नेपाली समुदायबिच आत्मियता बढाउने र नेपाली साहित्यको जगेर्ना गर्ने सोचले थालनी गरिएको घरदैलो कार्यक्रमलाई यसपाली श्रीनापित र प्रतिक्षा पाण्ड्नेले आफ्नो निवासमा साहित्यकारहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा बिश्व शाक्यले आफ्ना केही प्रकाशित कृतीहरू सिड्नी पुस्तकालयका लागि अनेसासलाई हस्तान्तरण पनि गरे । कार्यक्रममा निष्प्रभ सजी, महेन्द्र पौडेल, कुमार गिरी, सानु घिमिरे, भिमसेन सापकोटा, रुमु न्यौपाने, सन्तोकी केसी लगायतका कवि तथा लेखकहरूले आ—आफ्ना रचानाहरू वाचन गरेका थिए ।  यस कार्यक्रमलाई नियमित रुपमा निरन्तरता दिने कोशिस रहेको सँस्थाका अध्यक्ष भिमसेन सापकोटाले साताको साहित्यलाई बताए ।

पाठकको प्रतिक्रिया