गोविन्दले ल्याए ‘गन्तव्य गणबहाल’ !

१५ डिसेम्बर, २०१५

हिजो राजधानीमा गोबिन्द गिरी प्रेरणाको नयाँ पुस्तक, लामा कथाहरूको संग्रह ‘गन्तव्य गणबहाल’को बिमोचन गरियो । साझाले प्रकाशन गरेको उक्त पुस्तकमा ६ वटा लामा कथाहरू समाविष्ट छन् । यो उनको छैठौँ कथा संग्रह हो । यसबाहेक लेखकका अन्य बिधाका पुस्तकहरू पनि प्रकाशित छन् ।

अमेरिकामा बसेर प्रेरणाले विश्वपरिक्रमा नामक नेपाली पाक्षिक अखबारको पनि नियमित सम्पादन एवं प्रकाशन गर्दै आएका छन् । २१७ पृष्ठको गन्तव्य गणबहालको मूल्य रु २७० राखिएको छ ।

पाठकको प्रतिक्रिया