भूपिन को चौबीस रिल लाई उत्तम शान्ति पुरस्कार

२० मे, २०१३

२०६९ मा प्रकाशित कृतिहरूमध्ये उत्तम कुँवर स्मारक पुरस्कार गुठीले यसपालि युवा साहित्यकार भूपिनको निबन्ध कृति चौबीस रिल लाई उत्तम शान्ति पुरस्कार प्रदान गर्ने भएको छ । नेपाली साहित्यमा कविको रुपमा गाढा छवि बनाइसकेका भूपिनको गद्य बिधामा यो पहिलो पुस्तक हो । यस पुरस्कारको रकम रु ३५ हजार रहेको छ । साताको साहित्य परिवार को तर्फबाट साहित्यकार भूपिनलाई हार्दिक बधाई ।


पाठकको प्रतिक्रिया