हाम्रो ईन्टरनेट रेडियो ले मनायो 'भानु जयन्ती'

२६ जुलाई, २०१२

अष्ट्रेलिया बाट  प्रसारण हुने अनलाइन रेडियो हाम्रो ईन्टरनेट रेडियो ले १९९ औ भानु जयन्ती को अबसरमा अष्ट्रेलिया ब्यापी कबिता बाचन कार्यक्रम सम्पन्न गरेको छ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज एन एस डब्लु च्याप्टर सँग मिलेर आयोजना गरिएको सो कार्यक्रम मा अष्ट्रेलिया का बिभिन्न शहर हरु बाट २ दर्जन भन्दा कबी हरुले आफ्नो कबिता बाचन गरेका थिए। सो कार्यक्रम मा निस्प्रभ सजी, सानु घिमिरे, प्रदीप चापागाइ, सुरेन्द्र दवाडी, अनुपाम सायर, मामाता पौडेल, कुशुम मास्के आदी कबी हरुले देशको समसमयिक बिषय मा रचेका कबिता हरु सुनाउनु भएको थियो। डायस्पोरामा रहेका नेपाली हरु बिच भावनात्मक सम्बन्ध बढाउने र नेपाली कला सस्कृति सँगै सामुदायिक गतिबिधी हरुलाई पनि प्राथमिकता का साथ प्रसारण गर्ने उदेस्य अनुसार हाम्रो ईन्टरनेट रेडियो को नियमित प्रसारण एही जुलाई १ तारिक बाट सुरुभएको हो। २४ सै घण्टा प्रसारण हुने यो ओन्लाइन रेडियो www.hamrointernetradio.com  लग अन गरी सुन्न सक्नु हुनेछ।


(स्रोतः हाम्रो इन्टरनेट रेडियो)

पाठकको प्रतिक्रिया