अष्ट्रेलियामा चौथो कविता महोत्सव

१८ जुन, २०१४

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सको अष्ट्रेलियाव्यापी चौथो कविता महोत्सव गएको आइतवार सिड्नीमा सम्पन्न भयो । महोत्सवमा प्रतियोगी र अप्रतियोगी गरी करीब तीन दर्जन कविताहरू वाचन गरिएका थिए भने प्रतियोगी तर्फ संजय राईको "चिहानघारी नजिकको डेरा” प्रथम, विष्णु घिमिरेको "युद्ध र योद्धाहरू” द्वितीय, थीर प्रसाद भण्डारीको "सत्य प्रेम” तृतीय र ममता तिवारीको "नेपाल आमा रुँदा” चौथो बन्न सफल भएका थिए । कविता महोत्सवमा श्रीभक्त अच्युत वाग्ले, शोभाकान्त गौडेल, निष्प्रभ सजी र सुजित सिग्देलले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

अनेसासास न्यू साउथ वेल्स चेप्टरले यसै अवसरमा सँस्थाको नयाँ कार्य समितिका पदाधिकारीहरूलाई कार्यभार सुम्पेको थियो । भिमसेन सापकोटोको अध्यक्षतामा संचालित संस्था अब कवि महेन्द्र पौडेलको नेतृत्वमा अगाडि बढ्ने छ । नयाँ कार्यसमितीको अन्य पदाधिकारिहरूमा उपाध्यक्ष्य सानु घिमिरे , महा सचिव विकास उप्रेती, सचिव सुरेन्द्र दवाडी कोषाध्यक्ष ममता तिवारी ,सदस्यहरू कुमार गिरी निरज श्रेष्ठ , रुमु न्यौपाने , भूटानी नेपाली समुदाय संयोजक पदम् काफ्ले ,जनसम्पर्क संयोजक भीमसेन सापकोटा लगायतका ब्यक्तिहरू रहेका छन्। कार्यक्रममा गायक बिकास उप्रतीको गीती एल्बम ‘हलचल’को पनि बिमोचन गरिएको थियो ।

पाठकको प्रतिक्रिया