मुकुन्द प्रयासलाई साताको साहित्य पुरस्कार

३१ अक्टोबर, २०१४

गएको बिहीबार, अक्टोवर तिस तारिखका दिन चितवनको सौराहमा यसबर्षको साताको साहित्य पुरस्कार धनकुटाका कवि मुकुन्द प्रयासलाई प्रदान गरिएको छ । प्राध्यापक डा. गोबिन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व साताको साहित्यका कार्यकारी सम्पादक सुमन घिमिरेले गरेका थिए भने उद्घोषकको भूमिका साहित्यकार धनराज गिरीले निभाएका थिए  ।

कार्यक्रममा कवि भूपिनले साताको साहित्य डटकमको लेखक र पाठकका हैसियतले आफ्नो बिचार ब्यक्त गरेका थिए भने, समिक्षक एल.बि. क्षेत्रीले डायस्पोरिक साहित्यका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार प्रेमबिनोद नन्दन, केदारनाथ खनाल, प्रभाकर पण्डित, ईश्वर कँडेल लगायतका लेखकहरूको उपस्थिति थियो । पुरस्कार स्वरुप कवि प्रयासलाई नगद रु बिसहजार र ताम्रपत्र प्रदान गरिएको छ । यस अगाडि साताको साहित्य पुरस्कार डा. रवीन्द्र समीर र रमेश सायनले प्राप्त गरेका थिए । साताको साहित्य अष्ट्रेलियाबाट संचालित साहित्यक अनलाइन हो ।

पाठकको प्रतिक्रिया