सरुभक्तको 'पागल बस्ती' अब बिद्धुतीय संस्करणमा पनि

१० मार्च, २०१३


नेपाली किताबहरुलाई विश्वभर फैलाउने उद्देश्यले स्थापित इबुकभण्डारले आफ्नो पहिलो कोसेली स्वरुप प्रसिद्ध साहित्यकार सरुभक्तको मदन पुरस्कार प्राप्त बहुचर्चित उपन्यास "पागल-बस्ती"को विद्युतीय संस्करण (ebook) बजारमा ल्याएको छ । यो किताब आइप्याड, आइफोन, आईपड टच आदिमा पढ्नको लागि एप्पलको इ-किताब भण्डारमा किन्न सकिन्छ भने कम्प्युटर, अन्ड्रोइड ट्याब्लेट र फोनमा पढ्नको लागि गुगलको इ-किताब पसलमा किन्न सकिने कुरा इबुकभण्डारले जनाएको छ । विश्वभरका सबै नेपालीले नेपाली साहित्यका कृतिहरू पढ्ने समान अवसर प्राप्त गरुन भन्ने उद्देश्यले प्रकाशित विद्युतीय संस्करणहरु सबै जसो कम्प्युटर, ट्याब्लेट र फोनहरुमा पढ्न सक्ने गरी बनाइएका छन् । प्राबिधिक कार्य इ-बुकभण्डारडटकम (ebookbhandar.com) ले गर्ने भए पनि यसको बिक्री वितरण गुगल र एप्पल जस्ता स्थापित किताब पसलहरुमार्फत हुने हुनाले पाठकहरु ढुक्क भएर यी किताबहरु किन्न सक्ने कुरा इ-बुक भण्डारका संस्थापक सदस्य । नेपाली साहित्यिक कृतिहरूको विद्युतीय प्रकाशनको आवश्यकतामाथि प्रकाश पार्दै डा त्रिपाठी थप्नुहुन्छ, “अहिले बिदेशमा रहने सबैजसो नेपालीहरुसंग इ-रिडर, ट्याब्लेट, स्मार्टफोन वा ल्यापटप कम्प्युटर आदि किताब पढ्न मिल्ने ग्याजेट हुने हुनाले कागजी किताबको साटो इ-किताबको बजार बिस्तार गर्न शुरु गर्ने यो भन्दा राम्रो समय अरु हुनै सक्दैन ।“ र इन्टरनेट जोडिएको कुनै पनि डिभाइसबाट नयाँ किताब किन्न मिल्ने, एक पटक किने पछि जहाँसुकै र जुनसुकै डिभाइसमा पनि पढ्न सकिने हुनाले इ-किताब परम्परागत कितावको तुलनामा निकै सजिला कागजको प्रयोग नहुने हुनाले बाताबरणमैत्री समेत हुने हुँदा छन् । नेपाली साहित्यलाई विश्वव्यापी बनाउनको लागि अब समयसापेक्ष प्रविधिको प्रयोग गरी विश्व बजारको प्रतिस्पर्धामा उत्रिनुपर्ने बेला आइसकेको कुरा साहित्यकार सरुभक्त बताउनुहुन्छ । विश्वभरी छरिएर रहेका नेपाली साहित्यप्रेमीहरूका सामु नेपाली साहित्यका कृतिहरू पुर्याउनुका साथै अंग्रेजीमा समेत अनुवाद गरी विश्वबजारमा प्रवेश गर्न सके नेपाली साहित्यलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सकिने कुरामा सरुभक्त विश्वस्त हुनुहुन्छ । इ-बुक भण्डारले यस अभियानबाट आर्जित आय पनि नेपाली साहित्यका स्रष्टाहरूको संरक्षण र साहित्यको विकासमै खर्च गर्ने योजना बनाएको र सरुभक्त सरोकार केन्द्रसंगको सहकार्यमा प्रकाशित पागल-बस्तीको बिक्रीबाट जम्मा हुने सम्पूर्ण आम्दानी केन्द्रमार्फत साहित्यकार सरुभक्तका थप कृतिहरूको प्रकाशन र अनुवादमा खर्च गरिने कुरा इबुक भण्डारले जनाएको छ/ निकट भविष्यमा अरु साहित्यकारहरूका लोकप्रिय कृतिहरू पनि इबुकभण्डारमा थप्दै जाने र इच्छुक महानुभावहरूले यी पुस्तकहरू ebookbhandar.com मा क्लिक गरी सशुल्क
पढ्न सक्ने व्यवस्था मिलाइएको छ भने इच्छुक लेखकहरूले प्रकाशनको लागि सिधै इबुकभण्डारमा सम्पर्क गर्न सक्नुहुनेछ ।

(स्रोत: ऋषि बस्ताकोटी)

पाठकको प्रतिक्रिया