मदन पुरस्कार झमक घिमिरे लाई

२० अगष्ट, २०११

मदन पुरस्कार गुठीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार २०६७ सालको मदन पुरस्कार र जगदम्बा—श्री पुरस्कार क्रमशः झमक घिमिरे र कवि दुर्गालाल श्रेष्ठ लाई प्रदान गरिने भएको छ । “जीवन काँडा कि फूल” नामक आत्मपरक ग्रन्थका लागि झमक घिमिरे लाई यो सफलता मिलेको हो । यसैगरि गत ४ दशकदेखि आफ्नो मातृभाषा तथा नेपालीमा सुमधुर गीत, कविता तथा वाल साहित्य सृजना गरि नेपाली वाङ्मयलाई पुर्याएको योगदान बापत् २०६७ सालको जगदम्बा—श्री पुरस्कार कवि दुर्गालाल श्रेष्ठ लाई प्रदान गरिएको हो । साताको साहित्य परिवार को तर्फबाट दुबै श्रष्टाहरूलाई बधाई । 

पाठकको प्रतिक्रिया