मोती जयन्तीमा गजलमय सिड्नी

२७ अगष्ट, २०१४

गएको आइतबार, मोती जयन्तीको सन्दर्भ पारेर सिड्नीमा गजल मुशायरा भव्य रुपमा सम्पन्न भयो । नेपाली कला संष्कृती तथा साहित्य प्रतिष्ठानले अनेसास सिड्नीसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा गजल वाचन, गजल गायन र नृत्यलाई सँगै समायोजन गरिएको थियो ।

गजलकारहरू सजल नयन, आलोक कोइराला, सृजना शर्मा, देव पाठक, बिज्ञान कँडेल, राजन कार्की, सुरजदेव श्रेष्ठ, गोपी दवाडि, जितेन्द्र मल्ल, प्रदिप चापागाईं र निष्प्रभ सजीले गजल वाचन गरिरहँदा बिच बिचमा सविता लामा र सन्तोकी केसीको नृत्यले कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाएको थियो । गायक अशिष श्रेष्ठ, राजेश केसी र प्रदिप चापागाईंले गजल गाउँदा कार्यक्रम निकै सार्थक बनेको थियो ।

कार्यक्रमका संयोजक जिनेन्द्र मल्ल र संस्थाका अध्यक्ष्य रबिन्द्र कुमार शर्मा ले भविष्यमा पनि गजल बिकासका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । कार्यक्रमका उद्घोषक सुरेन्द्र दवाडिले मोतीराम भट्टका केही गजलहरू वाचन गर्दै उनको जीवनको बारेमा पनि निकै प्रभावकारी रुपमा प्रकाश पारेका थिए । कार्यक्रम अनौपचारिक रुपमा सिड्नीको एशफिल्डमा सम्पन्न भएको थियो ।

पाठकको प्रतिक्रिया